फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा नवीन गड्तौला
इनरुवा । नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्तौला सर्वसम्मत रूपमा चयन भएका छन्।
सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षस्थित अक्वा बर्ड रिसोर्टमा सम्पन्न महासंघको तेस्रो जिल्ला अधिवेशनले गड्तौलाको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।
अधिवेशनबाट उपाध्यक्षमा सनम तमाङ र सोहन श्रेष्ठ, सचिवमा नसीम अन्सारी, सहसचिवमा विक्रान्त श्रेष्ठ र कृष्ण श्रेष्ठ तथा कोषाध्यक्षमा स्नेहा श्रेष्ठ र सह-कोषाध्यक्षमा शुक्रान्त राई चयन भएका छन्।
सदस्यहरूमा चन्द्रकला चौधरी, हिरण कार्की, प्रतीक राई, विवेक श्रेष्ठ, प्रवेशकुमार लिम्बू, संगीता राई, रुपेशकुमार मोची, दिपेश योञ्जन र रोहन थापा छन्।
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी तथा नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वअध्यक्षहरू कृष्ण अधिकारी, अमर खड्का र जनकऋषि राईको सहभागिता थियो।
वर्तमान अध्यक्ष सन्तोष काफ्ले र अग्रज पत्रकार सुविद गुरागाई लगायतका व्यक्तित्वहरूले फोटो पत्रकारितालाई अझ व्यवस्थित र व्यवसायिक बनाउनुपर्नेमा जोड दिएका थिए।
नवनिर्वाचित अध्यक्ष गड्तौलाले आफ्नो कार्यकालमा फोटो पत्रकारहरूको क्षमता अभिवृद्धि, प्रविधिमैत्री पत्रकारिता र संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिने बताए। उनले फोटो पत्रकारहरूको हकहित संरक्षणका लागि सरोकारवाला निकायसँग निरन्तर समन्वय गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
