‘जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होस्’
काठमाडौँ। निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई सामाजिक सञ्जालमार्फत हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकी छिन्।
जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी कार्कीले ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रूपमा पाउँदा आफूलाई थप खुसी लागेको बताएकी हुन्।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छिन्, ‘नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई। ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रूपमा पाउँदा मलाई थप हर्षित बनाएको छ। जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस्, अपार शुभकामना।’
आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी कार्कीले नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गरेकी हुन्। युवा प्रधानमन्त्री शाहको कार्यकालका लागि उनले पूर्ण सफलताको कामना गरेकी छिन्।
प्रतिक्रिया
