प्रधानमन्त्रीलाई कांग्रेस सभापति थापाको बधाई

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र -बालेन) शाह र मन्त्रिपरिषद्का सदस्यहरूलाई बधाई तथा शुभकामना दिएका छन्।

प्रधानमन्त्री शाहको नियुक्ति र नयाँ मन्त्रिमण्डल गठन लगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति थापाले सफल कार्यकालको कामना गरेका हुन्।

देशको समुन्नति, नागरिक अधिकारको रक्षा र सुशासनका लागि सरकारले चाल्ने हरेक सकारात्मक कदममा नेपाली कांग्रेसको रचनात्मक सहयोग रहने प्रतिबद्धता उनले जनाएका छन्।

थापाले सरकारका राम्रा काममा साथ दिने स्पष्ट पार्दै नयाँ सरकारलाई शुभकामना दिएका छन्। बालेन शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएपछि राजनीतिक वृत्तबाट बधाई दिने क्रम जारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *