बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार बिहान शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम एकल बहुमतको सरकार गठन गर्ने गरी शाहलाई यो जिम्मेवारी दिइएको हो।

नवनियुक्त प्रधानमन्त्री शाहले आजै शुभ साइत पारेर पद तथा गोपनीयताको शपथ लिने तयारी छ। राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो १२ बजेर ३४ मिनेटमा शपथ ग्रहण समारोह तय गरिएको छ।

समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका सदस्य तथा उच्च सरकारी अधिकारीहरूलाई निम्तो पठाइसकिएको छ।

प्रधानमन्त्रीको शपथसँगै नयाँ मन्त्रिपरिषद्का केही सदस्यहरूको पनि शपथ गराइने बुझिएको छ। स्वतन्त्र उम्मेदवारबाट उदाएर छोटो समयमै देशको सर्वोच्च कार्यकारी पदमा पुग्नुलाई नेपाली राजनीतिमा एक ऐतिहासिक घटनाका रूपमा हेरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *