दार्चुलामा बिहानै भूकम्प
काठमाडौँ। दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर आज बिहीबार बिहान भूकम्प गएको छ । बिहान ८ बजेर ३२ मिनेटमा ४.० म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पको धक्का दार्चुला जिल्लाका विभिन्न स्थानका साथै आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो। यसअघि गत चैत ९ गते सोही स्थान केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो।
प्रतिक्रिया
