प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीद्वारा पदभार ग्रहण
काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज बुधबार आफ्नो कार्यभार सम्हालेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै केसीले संसद् सचिवालय पुगेर पदभार ग्रहण गरे ।
संसद्को ज्येष्ठ सदस्यका रूपमा उनले आगामी चैत १२ गते बिहीबार प्रतिनिधि सभामा नवनिर्वाचित अन्य सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ ।
नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद केसी गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा विजयी भएका थिए ।
प्रतिक्रिया
