इटहरीको क्याफेमा लागेको आगलागी नियन्त्रणमा

सुनसरी। सुनसरीको इटहरी उपमहानगरपालिका ६ मा रहेको पूर्वाञ्चल क्याफे र आईसक्रिम पार्लरमा आज बिहान लागेको आगलागी पूर्णरूपमा नियन्त्रणमा आएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार क्याफेको भान्साबाट सुरु भएको आगो सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा नियन्त्रणमा आएको हो । आगलागी भएलगत्तै धरान, रामधुनी, इनरुवा तथा मोरङको विराटनगर र सुन्दरहरैंचाबाट दमकलहरू मगाइएको थियो ।

बिहानको समयमा क्याफे बन्द रहेका कारण कुनै पनि मानवीय क्षति हुन नपाएको प्रहरीले बताएको छ । आगलागीको मुख्य कारण र त्यसबाट भएको भौतिक क्षतिको विस्तृत विवरण भने अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *