बालेन शाहलाई संसदीय दलको नेता चयन गर्दै रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी बिहीबारका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा चैत १२ गते अपराह्न ४ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार यस बैठकले पार्टीका वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गर्नेछ।
बैठकमा पार्टीको आन्तरिक रणनीति र आगामी राजनीतिक कदमबारे पनि छलफल हुने बताइएको छ।
प्रतिक्रिया
