चैते दसैँको नवरात्रि सुरु
काठमाडौँ। चैत्र शुक्ल प्रतिपदाका दिन आज बुधबार देशभरका शक्तिपीठहरूमा घटस्थापना गरिएको छ। बिहान ७ः५१ बजेको शुभ साइतमा काठमाडौँस्थित हनुमानढोका दरबारको दशैँघर, गुह्येश्वरी, भद्रकाली, शोभा भगवती र संकटा लगायतका मन्दिरमा जमरा राखिएको छ।
आजदेखि सुरु भएको चैते दसैँमा नौ दिनसम्म नवदुर्गाको विशेष पूजा आराधना गर्ने परम्परा छ। यस अवधिमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ।
भक्तजनहरू बिहानैदेखि विभिन्न देवीका मन्दिरहरूमा पुगेर पूजा गरिरहेका छन्। चैते दसैँलाई कतै ‘सानो दसैँ’ त कतै ‘रामनवमी’ को पूर्वसन्ध्याका रूपमा पनि मनाए। यस अवसरमा कतिपय समुदायले विशेष व्रत बस्ने र कुल पूजा गर्ने गर्छन्।
प्रतिक्रिया
