बालेन शाहलाई संसदीय दलको नेता बनाउनेबारे आज छलफल
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज आइतबार बिहान १० बजे वनस्थलीस्थित पार्टी कार्यालयमा बस्ने भएको छ।
यसअघि शनिबारका लागि तय भएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि आजका लागि सारिएको रास्वपाले जनाएको छ।
बैठकमा मुख्य गरी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस र वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउने विषयमा छलफल हुने बताइएको छ।
निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदको सूची बुझाउन आजसम्मको समय दिएकाले बैठकलाई निकै महत्त्वपूर्ण मानिएको छ।
प्रत्यक्षतर्फ १८२ सिट जितेको रास्वपाले समानुपातिकतर्फ ५७ सिट पाउने भएको छ। समानुपातिकतर्फ प्राप्त मतका आधारमा सिट संख्या सुनिश्चित भएसँगै अन्तिम नामावली टुंगो लगाउन बैठक केन्द्रित हुने पार्टीले बताएको छ।
प्रतिक्रिया
