भदौ २३ र २४ को घटनासम्बन्धी प्रतिवेदन खोइ ?
काठमाडौँ। गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न दबाब दिँदै ‘जेनजी’ अभियन्ताहरूले आज आइतबार माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन्।
सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गर्दै अभियन्ताहरूले आज दिउँसो १ बजे खबरदारी कार्यक्रमका लागि भेला हुन आह्वान गरेका हुन्।
सरकारले गत असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरेको आयोगले फागुन २४ गते नै सरकारलाई प्रतिवेदन बुझाइसकेको छ।
उक्त प्रतिवेदन तत्काल सार्वजनिक गरी दोषीलाई कारबाही गर्नुपर्ने माग राख्दै युवाहरू आन्दोलित भएका हुन्।
प्रतिक्रिया
