पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ। नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले देशभरको मौसममा फेरबदल आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज आइतबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायत विभिन्न प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहनेछ।
हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको महाशाखाले बताएको छ। यस्तै कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका साथै तराईका एकदुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने देखिएको छ।
रातिको समयमा पनि देशका पहाडी र हिमाली भेगमा बादल लाग्ने तथा केही स्थानमा वर्षा र हिमपातको क्रम जारी रहने पूर्वानुमान गरिएको छ।
प्रतिक्रिया
