मनकामनाबाट फर्केको माइक्रो दुर्घटना: ६ जनाको मृत्यु

काठमाडौं। मनकामना मन्दिरको दर्शन गरेर फर्किएको विद्युतीय (ईभी) माइक्रो बस शनिबार गोरखामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

शहीदलखन गाउँपालिका–३ कनटारमा बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेको हो ।

प्रहरीका अनुसार उक्त माइक्रोमा चालकसहित १४ जना सवार रहेका थिए । घटनास्थलमा ६ जनाको मृत्यु भएको छ भने अन्य ८ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । घाइतेहरूको अवस्था र उनीहरूको परिचय खुल्न बाँकी रहेको छ ।

अहिले घटनास्थलमा नेपाल प्रहरी र स्थानीय बासिन्दा उद्धार कार्यमा खटिएका छन् । तीव्र गति वा प्राविधिक कारणले दुर्घटना भएको हुनसक्ने अनुमान गरिए पनि यसबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *