एमालेले टुंग्यायो समानुपातिक सांसदको नाम, को को परे ?
काठमाडौं। नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फका १६ जना सांसदको नामावलीलाई अन्तिम रूप दिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले समावेशी सिद्धान्त र क्लस्टरका आधारमा नामहरू टुंगो लगाएको हो ।
आदिवासी जनजाति क्लस्टरबाट महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ तथा पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्य चयन भएका छन् ।
खस आर्यतर्फ ५ जनाको नाम सुनिश्चित गरिएको छ । जसमा महिलातर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल र पिछडिएको क्षेत्रबाट एशुदा कुमारी बराल परेका छन् भने पुरुषतर्फ गुरु प्रसाद बराल र पुष्पराज कंडेल रहेका छन् ।
मधेसी क्लस्टरबाट रिङ्ला यादव, यशोधा कुमारी यादव र चन्द्रेश्वर मण्डल सांसद बन्ने भएका छन् । दलित समुदायबाट विष्णुमाया बि.के. र नीता घतानीको नाम तय भएको छ ।
यस्तै थारु क्लस्टरबाट कृपाराम राणा र मुस्लिमबाट साजिदा सिद्दीकीको नाम टुंगो लागेको छ । संवैधानिक प्रावधान र क्लस्टर अनुसारको प्रतिशत मिलाएर तयार पारिएको यो सूची अब निर्वाचन आयोगमा पठाइने एमालेले जनाएको छ ।
