हुरीले लडाएको रुखले किचेर सुतिरहेकी किशोरीको मृत्यु

झापा। झापाको हल्दिबारीमा हावाहुरीका कारण रुख ढल्दा एक किशोरीको मृत्यु भएको छ। बिहीबार राति आएको हुरीले रुख लडाउँदा हल्दिबारी गाउँपालिका-२ की १७ वर्षीया आरती राजवंशीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार राजवंशी आफ्नै घरमा सुतिरहेको अवस्थामा रुखले किचेर गम्भीर घाइते भएकी थिइन्। घरमाथि रुख ढल्दा थिचिएकी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *