१६३ क्षेत्रको परिणाम : रास्वपा पहिलो शक्ति

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ १६५ मध्ये १६३ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ। हालसम्म प्राप्त नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२५ सिट जित्दै पहिलो शक्ति बनेको छ। निर्वाचन आयोगका अनुसार रास्वपाका अधिकांश उम्मेदवारहरू भारी मतान्तरले विजयी भएका छन्।

अन्य दलहरूमा नेपाली कांग्रेसले १८, नेकपा एमालेले ८ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ७ सिट जितेका छन्। त्यस्तै श्रम संस्कृति पार्टीले ३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ र स्वतन्त्र उम्मेदवारले १ सिटमा जित हासिल गरेका छन्।

हाल संखुवासभामा मतगणना जारी छ, जहाँ एमालेका अर्जुनकुमार कार्की अग्रस्थानमा देखिएका छन्। धनुषा–१ को निर्वाचन परिणाम भने आयोगले हाल सार्वजनिक नगर्न निर्देशन दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *