एमालेको मत घट्नुबारे समीक्षा हुन्छ : झाँक्री

काठमाडौं। नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीको मत घट्नुका कारणबारे बैठक बसेर समीक्षा गरिने बताएकी छन्। राष्ट्रिय सभा सदस्यको शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीको चुनावी नतिजा र मत घट्नुको कारणबारे पार्टीभित्र गम्भीर छलफल हुने बताएकी हुन्।

उनले एमालेको मत किन घट्यो र जनताको अपेक्षाअनुसार कहाँ कमीकमजोरी भयो भन्ने विषय समीक्षापछि मात्र प्रस्ट हुने उल्लेख गरिन्। पार्टी कहाँ चुक्यो र आगामी दिनमा के गर्नुपर्छ भन्नेबारे बैठकले मार्गप्रशस्त गर्ने उनको भनाइ छ। नेतृत्व परिवर्तनको चर्चाबारे सोधिएको प्रश्नमा झाँक्रीले तत्काल त्यस्तो कुनै एजेण्डा नबनेको स्पष्ट पारिन्।

पार्टीको बैठकमा तय हुने एजेण्डाविना नेतृत्व परिवर्तनबारे अहिले नै केही भन्न नसकिने उनले बताइन्। हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमाले तेस्रो स्थानमा खुम्चिएको छ भने पार्टी अध्यक्ष केपी शर्मा ओली समेत पराजित भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *