‘रास्वपालाई असफल हुने छुट छैन’

काठमाडौँ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर-६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनालले मतदातालाई धन्यवाद दिएका छन्।

सोमबार आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गर्दै उनले जनताले सुम्पिएको विश्वास र जिम्मेवारीलाई आत्मसात् गर्दै अब पार्टीलाई असफल हुने कुनै छुट नरहेको बताए।

मतदाताको अपार विश्वासको कदर गर्दै देशलाई समृद्ध बनाउने पक्षमा आफूहरू दृढताका साथ लाग्ने प्रतिबद्धता खनालले जनाए। “जनताले यति धेरै विश्वास गरेर मतका साथै जिम्मेवारी सुम्पिनुभएको छ।

अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई कुनै पनि हालतमा असफल हुने छुट छैन,” उनले भने, “तपाईंहरूले दिनुभएको मत र विश्वासको कदर गर्दै देशलाई समृद्ध बनाउने पक्षमा हामी लाग्नेछौँ।”

देशमा रोजगारी सिर्जना गर्नु अहिलेको मुख्य चुनौती रहेको उल्लेख गर्दै खनालले रास्वपाले आगामी पाँच वर्षमा १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको जानकारी दिए।

संसद्मा रास्वपाको उल्लेख्य उपस्थिति रहेकाले पुराना र काम नलाग्ने कानुन खारेज गर्ने तथा आवश्यकताअनुसार नयाँ कानुन निर्माण गर्ने कार्यलाई कसैले रोक्न नसक्ने उनले दाबी गरे।

खनाल २७ हजार ७११ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *