समानुपातिकतर्फ रास्वपा निकै अघि, कुन दलको कति ?

काठमाडौँ। प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो अग्रतालाई निकै बलियो बनाएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म कुल ८३ लाख ८२ हजार ९८४ मत गणना भइसकेको छ।

जसमध्ये रास्वपाले सबैभन्दा बढी अर्थात् ४० लाख ५० हजार ७५३ मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १३ लाख ६१ हजार ४३१ मत ल्याएको छ भने नेकपा (एमाले) ११ लाख ५१ हजार २५६ मतका साथ तेस्रो स्थानमा देखिएको छ।

त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीले ५ लाख ९२ हजार ४१० मत प्राप्त गरेको छ। यसपटकको निर्वाचनमा नयाँ शक्तिका रूपमा देखिएको श्रम संस्कृति पार्टीले २ लाख ९२ हजार ६३ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी २ लाख ७७ हजार १३ मतका साथ पछ्याइरहेको छ। देशभरका विभिन्न मतगणना स्थलमा गणना कार्य अझै जारी रहेको निर्वाचन आयोगले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *