मोरङमा आजैबाट गणना, कहाँ कहाँ हुँदैछ ?

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतदान सम्पन्न भएसँगै मोरङका ६ वटै निर्वाचन क्षेत्रमा मतगणनाका लागि छुट्टाछुट्टै स्थलहरू तयार पारिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै क्षेत्रमा सुरक्षित रूपमा मतपेटिकाहरू सङ्कलन गर्ने कार्य भइरहेको छ।

जिल्लाका ६ वटा क्षेत्रका लागि मतगणना स्थल 

  • क्षेत्र नम्बर १ : उर्लाबारी नगरपालिकाको कार्यालय

  • क्षेत्र नम्बर २ : विश्वनाथ मन्दिर, सिजुवा

  • क्षेत्र नम्बर ३ : भगवती माध्यमिक विद्यालय, बेलबारी

  • क्षेत्र नम्बर ४ : जनता नमुना माध्यमिक विद्यालय, विराटनगर

  • क्षेत्र नम्बर ५ : सुनसरी–मोरङ सिँचाइ आयोजनाको कार्यालय, विराटनगर

  • क्षेत्र नम्बर ६ : आदर्श माध्यमिक विद्यालय, विराटनगर

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले मतपेटिकाहरू सङ्कलन भएलगत्तै सर्वदलीय बैठक बसेर आजै रातिबाट मतगणना सुरु गर्ने तयारी रहेको बताए। गणना कार्यलाई पारदर्शी र सुरक्षित बनाउन मतगणना स्थलहरूमा सीसीटीभी क्यामेरा र कडा सुरक्षा घेराको व्यवस्था गरिएको छ।

निर्वाचन आयोगले ६० प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी दिएको पृष्ठभूमिमा मोरङका यी ६ स्थानमा हुने मतगणनालाई निकै चासोका साथ हेरिएको छ। विशेष गरी विराटनगर क्षेत्रका मुख्य प्रतिस्पर्धीहरूको नतिजा सुन्न मतदाताहरू आतुर देखिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *