फेरि पक्राउ परे दुर्गा प्रसाईँ

काठमाडौँ। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पुनः पक्राउ परेका छन्। उनलाई भक्तपुरस्थित आफ्नै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेलगतै प्रसाईँलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा लगिएको छ। भक्तपुरका डीएसपी प्रकाश जबेगुका अनुसार, उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

यसअघि सर्वोच्च अदालतको आदेशपछि उनी फागुन १३ गते मात्रै रिहा भएका थिए। पछिल्लो समय निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न हुन सक्ने आशङ्कामा प्रशासनले उनलाई पटक–पटक पक्राउ गर्ने र अदालतको आदेशमा छुट्ने क्रम चल्दै आएको छ।

प्रहरीले यसपटक प्रसाईँविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत म्याद थप गरी अनुसन्धान अघि बढाउने तयारी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *