नेपाली दूतावास युएईको अपिल: ‘अनावश्यक यात्रा नगर्नुस्’

काठमाडौँ। अमेरिका र इरानबीच सुरु भएको सैन्य टकरावका कारण संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई लिएर त्यहाँस्थित नेपाली राजदूतावासले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

शनिबार विज्ञप्ति जारी गर्दै दूतावासले मध्यपूर्वमा विकसित भइरहेको तनावपूर्ण परिस्थितिलाई ध्यानमा राख्दै नेपालीहरूलाई अनावश्यक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन अपिल गरेको हो।

दूतावासले युएई सरकारका साथै नेपाली दूतावास र महावाणिज्य दूतावासले समय-समयमा जारी गर्ने सुरक्षा मार्गनिर्देशन र आधिकारिक सूचनाहरूको पूर्ण पालना गर्न सबै नेपाली नागरिकलाई अनुरोध गरेको छ।

विज्ञप्तिमा मध्यपूर्वमा सिर्जित पछिल्लो अवस्थाका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमबाट जोगिन सचेत रहनुपर्ने उल्लेख गरिएको छ।

विशेष गरी इरानले अबुधाबी लगायतका क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरूलाई लक्षित गरी जवाफी आक्रमण गरेको खबरहरू सार्वजनिक भएपछि युएईमा रहेका नेपाली श्रमिक र उनीहरूका परिवारमा चिन्ता बढेको छ।

दूतावासले कुनै पनि आपत्कालीन अवस्थामा सहयोगका लागि दूतावासको सम्पर्कमा रहन समेत आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *