मध्यपूर्व तनाव : ‘अहिलेसम्म अन्तर्राष्ट्रिय उडान रद्द भएका छैनन्’

काठमाडौँ । मध्यपूर्वमा बढ्दै गएको सैन्य तनाव र हवाई क्षेत्रमा देखिएको अनिश्चितताका बीच नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो धारणा सार्वजनिक गरेको छ।

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालकहरूसँग आफू निरन्तर र नजिकको समन्वयमा रहेको जानकारी दिएको हो।

हवाई क्षेत्र प्रतिबन्ध वा सुरक्षा जोखिमका विषयमा नियामक निकायका रूपमा प्राधिकरणले परिस्थितिलाई सूक्ष्म रूपमा नियालिरहेको बताएको छ।

अन्तर्राष्ट्रिय यात्रा वा उडान तालिकामा कुनै पनि परिवर्तन वा विशेष परिस्थितिको सिर्जना भएमा तत्कालै सर्वसाधारण र सम्बन्धित पक्षलाई जानकारी गराइने प्राधिकरणको भनाइ छ।

यसैबीच, इरान र इजरायलबीचको द्वन्द्वका कारण केही अन्तर्राष्ट्रिय रुटहरू प्रभावित भए तापनि नेपालबाट हुने वा नेपाल आउने उडानहरूका हकमा अहिलेसम्म कुनै पनि उडान रद्द गर्ने गरी आधिकारिक सूचना नआएको प्राधिकरणले प्रस्ट पारेको छ। हाललाई सबै उडानहरू पूर्वनिर्धारित तालिका अनुसार नै सञ्चालन भइरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *