बिर्तामोडमा कार र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

विराटनगर। झापाको बिर्तामोडमा शुक्रबार राति भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। बिर्तामोड नगरपालिका–४ स्थित कञ्चनजंघा स्कुल नजिकैको भित्री सडकमा बागमती प्रदेश–०१–०२५ च ६०५० नम्बरको कार र प्र १–०१–०१६ प ३९५९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा परी मेचिनगर नगरपालिका–१३ का २५ वर्षीय विशाल पौडेलको मृत्यु भएको छ। मोटरसाइकल चालक पौडेललाई उपचारका लागि तत्काल बिर्तामोडको बी एण्ड सी अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरे।

सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार कनकाई नगरपालिका–६ का २५ वर्षीय चन्द्रकिशोर चापागाईं गम्भीर घाइते भएका छन्। उनको अहिले सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले कार चालक बिर्तामोड–६ का २५ वर्षीय चिराग सिन्हालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *