पूर्वी पहाडमा भूकम्प

विराटनगर। पूर्वी पहाडका जिल्लाहरूमा आज शुक्रबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। संखुवासभा र ताप्लेजुङको सीमाक्षेत्र केन्द्रबिन्दु भएर शुक्रबार बिहान ३ बजेर १८ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यसको केन्द्रविन्दु ताप्लेजुङको सिमानासँग जोडिएको संखुवासभाको भूभागमा पर्छ। रातको समयमा अचानक आएको धक्काका कारण स्थानीय बासिन्दा त्रसित भएर घरबाहिर निस्किएका थिए।

भूकम्पको असर विशेषगरी संखुवासभा र ताप्लेजुङका विभिन्न गाउँ तथा बस्तीहरूमा देखिएको छ। हालसम्मको जानकारी अनुसार भूकम्पबाट कुनै पनि मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

दुवै जिल्लाका सुरक्षा निकायले स्थिति सामान्य रहेको बताएका छन्। सम्बन्धित स्थानीय प्रशासन र सुरक्षाकर्मीले थप जानकारीका लागि क्षेत्रगत अनुगमन गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *