कांग्रेसले आइतबार ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गर्ने

काठमाडौँ। नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र आइतबार सार्वजनिक गर्ने भएको छ।

कांग्रेसले यस पटकको घोषणापत्रलाई ‘प्रतिज्ञा पत्र’ को नाम दिएको छ।

पार्टीका प्रवक्ता एवं केन्द्रीय प्रचार प्रसार समिति संयोजक देवराज चालिसेका अनुसार आइतबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी प्रतिज्ञा पत्र सार्वजनिक गरिनेछ।

यसअघि नै पार्टी सभापति गगन थापाले कांग्रेसले यस पटक सपना मात्र देखाउने घोषणापत्र नभई कार्यान्वयन गर्न सकिने ‘प्रतिज्ञा पत्र’ ल्याउने बताइसकेका छन्।

कांग्रेसको यो प्रतिज्ञा पत्र मुख्यगरी ‘भिजन–१०’ अवधारणामा आधारित हुने बताइएको छ। त्यसमा विकास र सुशासनका १० वटा मुख्य योजनाहरू समावेश गरिनेछन्।

भ्रष्टाचार नियन्त्रण, युवा रोजगारी, प्रविधिमैत्री शिक्षा र आर्थिक समृद्धिलाई कांग्रेसले आफ्नो मुख्य चुनावी एजेण्डा बनाएको छ।

जेनजी आन्दोलनले उठाएका मुद्दाहरूलाई पनि प्रतिज्ञा पत्रमा विशेष सम्बोधन गरिने प्रवक्ता चालिसेले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *