तराईमा अझै हुस्सु, कतै हल्का वर्षा

काठमाडौँ। नेपालमा पश्चिमी वायुको आंशिक प्रभावले मौसममा मिश्रित असर देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई क्षेत्र तथा उपत्यकामा तुवाँलो र हुस्सु लागेको छ भने उच्च पहाडी एवं हिमाली भूभागमा बादल लागेको छ।

अहिले तराई र काठमाडौँ उपत्यका लगायतका स्थानमा तुवाँलोका कारण दृश्यता कम हुनुका साथै चिसोको अनुभूति भइरहेको छ। सुदूरपश्चिम, कर्णाली तथा अन्य पहाडी क्षेत्रमा लागेको बादलले मौसम पूर्ण रूपमा खुल्न दिएको छैन।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। तराईका केही ठाउँमा मध्याह्नसम्म हुस्सु र कुहिरो लाग्ने देखिएको छ।

आज राति पनि कोशी र गण्डकी प्रदेशका उच्च स्थानहरूमा हल्का वर्षासहित हिमपात हुन सक्ने अनुमान गरिएको छ। मौसमविद्हरूले चिसो, तुवाँलो र हिमपातको सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *