जेनजी आन्दोलन छानबिन आयोगको म्याद २५ दिन थप
काठमाडौं। सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगको कार्यकाल थप गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगलाई थप २५ दिनको समय दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ र २४ गतेका घटनाहरूको निष्पक्ष र विस्तृत छानबिनका लागि समय अपुग भएपछि अवधि बढाइएको जानकारी दिए।
यसअघि तोकिएको समयभित्र प्रतिवेदन तयार हुन नसकेकाले आयोगले नै थप समय माग गरेको थियो।
आयोगले आन्दोलनका क्रममा भएका गतिविधि, सुरक्षाकर्मीको भूमिका र मानव अधिकार उल्लंघनका सम्भावित विषयमा सुक्ष्म अध्ययन गरिरहेको छ।
सरकारले सोही आयोगको प्रतिवेदन प्राप्त भएपछि आवश्यक कानुनी र नीतिगत निर्णय लिने बताएको छ।
प्रतिक्रिया
