रहेनन् ‘राते काइँला’

काठमाडौँ । नेपाली र भारतीय चलचित्र क्षेत्रका वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।

हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिएका छन् ।

शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि अभिनय यात्रामा सक्रिय थिए ।

विशेषगरी नेपाली चलचित्रमा खलपात्रको भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापालाई दर्शकहरूले ‘राते काइँला’ को नामले चिन्दछन् ।

उनले थुप्रै हिट नेपाली चलचित्रका साथै बलिउडका ठूला फिल्महरूमा पनि सशक्त अभिनय गरेका थिए । उनका परिवारका अन्य सदस्यहरू हाल भारतको मुम्बईमा बसोबास गर्दछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *