झापामा ‘सिरिन्ज आक्रमण’ : १ जनाको मृत्यु
सांकेतिक तस्बिर
बिर्तामोड । झापाको भद्रपुर नगरपालिका-१० सत्रविघेमा सिरिन्ज आक्रमण हुँदा स्थानीय बासिन्दा खेम ढकालको मृत्यु भएको छ । बिहीबार साँझ छिमेकीको घरबाट आफ्नो निवासतर्फ फर्कने क्रममा ढकाल अज्ञात व्यक्तिहरूको आक्रमणमा परेका थिए ।
आक्रमणबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले सिरहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरेको छ ।
प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेका सिंहमाथि थप अनुसन्धान भइरहेको छ । आक्रमणमा प्रयोग गरिएको सिरिन्जभित्र कस्तो प्रकारको पदार्थ थियो भन्नेबारे अहिलेसम्म खुल्न नसकेको प्रवक्ता खड्काले बताए ।
प्रतिक्रिया
