नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा धेरै सिट जितेर पहिलो बन्ने दाबी गरेका छन्।

आज बिहीबार बिहान बसेको नेकपा केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई सम्बोधन गर्दै उनले यस्तो जिकिर गरेका हुन्।

प्रचण्डले निर्वाचनमा कसैसँग पनि गठबन्धन वा तालमेल नगरी आफ्नो पार्टी एक्लै चुनावी मैदानमा उत्रिने प्रष्ट पारे।

जनताबाट तिरस्कृत र अस्वीकृत भएका शक्तिहरूसँग कुनै पनि हालतमा सहकार्य नहुने बताउँदै उनले देशभरबाट पार्टीले राम्रो प्रतिक्रिया पाइरहेको उल्लेख गरे।

बैठकमा उनले प्रत्यक्षतर्फ एमालेले भन्दा बढी सिट जित्ने आधार तय भइसकेको दाबी समेत गरे।

उनले नेता तथा कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ निर्वाचनको तयारीमा लाग्न र पार्टीका आधिकारिक उम्मेदवारहरूलाई विजयी गराउन निर्देशित गरे।

बैठकलाई सम्बोधन गर्दै सहसंयोजक माधवकुमार नेपालले पनि राजनीतिमा सम्वाद र छलफल हुनु स्वाभाविक भए पनि चुनावमा भने पार्टी आफ्नै शक्तिका साथ एक्लै भिड्ने बताए।

करिब एक घण्टा चलेको उक्त भर्चुअल बैठकमा पार्टीका सबै केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *