निर्वाचन फागुन २१ मै हुन्छ : ओली

झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन फागुन २१ गते नै हुने बताएका छन्।

झापामा आयोजित स्थानीय बासिन्दासँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

यसअघि निर्वाचनको वातावरण बन्नेमा संशय व्यक्त गर्दै आएका अध्यक्ष ओलीले अब भने तोकिएकै समयमा चुनाव हुने सम्भावना प्रबल रहेको उल्लेख गरे।

यदि फागुन २१ मा हुन नसकेर केही समय ढिलो भए पनि नतिजा नेकपा एमालेकै पक्षमा आउने दाबी उनले गरे।

एमाले देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व गर्ने अगुवा पार्टी भएको बताउँदै ओलीले राष्ट्रिय हितको रक्षाका लागि आफ्नो दल प्रतिबद्ध रहेको स्पष्ट पारे।

वैचारिक र व्यवहारिक दुवै हिसाबले एमाले नै देशको नेतृत्व गर्ने एक मात्र शक्ति भएको उनले जिकिर गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *