‘भोलि उठी कहाँ जाने केही थाहा छैन…’

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेता बालेन्द्र शाहप्रति तिखो टिप्पणी गरेका छन्। रास्वपा विचार र उद्देश्यबिहीन पार्टी भएको आरोप लगाउँदै उनले यसलाई ‘बतासे अण्डा’ को संज्ञा दिएका हुन्।

शनिबार काठमाडौँमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले बतासे अण्डाबाट कहिल्यै चल्ला ननिस्किने बताए। नयाँ शक्तिहरूले बतासको खेती गरिरहेको टिप्पणी गर्दै उनले भने, “यिनीहरूको न उद्देश्य छ, न विचार। भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्केर आउने हो कि होइन, त्यो पनि थाहा छैन।”

झापा क्षेत्र नम्बर ५ मा आफूविरुद्ध चुनाव लड्न पुगेका बालेन्द्र शाहलाई लक्षित गर्दै ओलीले ‘ठुटे सिङ लिएर सिंगौरी खेल्न आएको’ बताए। नयाँ शक्तिहरू देश जलाउने खेलमा लागेको आरोप लगाउँदै उनले देश बनाउने अभियानमा एमाले मात्रै सक्षम रहेको दाबी गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *