संखुवासभामा खुकुरी प्रहारबाट एक जनाको मृत्यु, अभियुक्त पक्राउ

काठमाडौँ । संखुवासभाको चैनपुर नगरपालिका-१०, इखम्बुमा सामान्य विवादमा खुकुरी प्रहार हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो बस्तुभाउले घाँस खाएको विषयमा स्थानीय दुई व्यक्तिबीच विवाद हुँदा घटना भएको हो।

प्रहरीका अनुसार ५९ वर्षीय शिवकुमार राई र ४७ वर्षीय लीलाप्रसाद राईबीच दिउँसो करिब ४ बजे विवाद भएको थियो। सोही क्रममा शिवकुमारले आफ्नो साथमा रहेको खुकुरी निकालेर प्रहार गर्दा लीलाप्रसादको घटनास्थलमै मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी खराङबाट खटिएको प्रहरी टोलीले अभियुक्त शिवकुमारलाई खुकुरीसहित नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *