प्रहरीको रासन भत्ता बढ्यो, फागुन १ देखि लागू हुने

काठमाडौँ । सरकारले नेपाल प्रहरीको रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि नबढेको प्रहरीको रासन भत्ता बढाउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले आउँदो फागुन १ गतेदेखि लागू हुने गरी रासनको दररेट वृद्धि गरिएको बताए। महँगी बढेअनुसार रासन भत्ता नबढेको भन्दै प्रहरीभित्र गुनासो रहँदै आएको थियो, जसलाई सरकारको यो निर्णयले सम्बोधन गरेको छ।

यसैगरी, मन्त्रिपरिषद्ले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को पुनर्संरचना सम्बन्धी सुझाव समिति–२०८२ ले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय समेत गरेको छ। यो प्रतिवेदन सार्वजनिक भएपछि सेयर बजारको संरचनागत सुधारका लागि बाटो खुल्ने विश्वास गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *