‘भयरहित निर्वाचनका लागि अवाञ्छित गतिविधिलाई तत्काल निस्तेज’
काठमाडौँ । आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष बनाउन र आचारसंहिता उल्लंघन गर्नेलाई तह लगाउन गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीहरूबीच घनीभूत छलफल भएको छ।
निर्वाचनलाई भयरहित बनाउन र अवाञ्छित गतिविधिलाई तत्काल निस्तेज पार्ने गरी सुरक्षा योजनाबारे कुराकानी केन्द्रित भएको हो।
छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्ति सुरक्षा र आचारसंहिता अनुगमनको प्रभावकारितामा चासो देखाएका थिए।
गृहमन्त्री अर्यालले भने निर्वाचनमा दण्डहीनतालाई कुनै ठाउँ नदिइने स्पष्ट पार्दै गृह प्रशासनका सबै संयन्त्रलाई आचारसंहिता पालना गराउन पूर्ण रूपमा परिचालन गर्ने प्रतिबद्धता जनाए।
गृह सचिव र सुरक्षा निकायका प्रमुखहरू समेत सहभागी रहेको उक्त बैठकले निर्वाचनको संवेदनशीलतालाई ध्यान दिँदै समन्वयलाई अझ बलियो बनाउने निर्णय गरेको छ।
