विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौँ । विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकमा एक शिक्षक पक्राउ परेका छन्। चौतारा साँगाचोकगढी नगरपालिका-१२ साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयका शिक्षक जितराज गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

गिरीको स्कुल नजिकै आफ्नै स्टेसनरी पसल छ। सोही पसलमा गएको बेला कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्रालाई उनले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। पीडित बालिकाले आफूमाथि भएको घटनाबारे आफन्तलाई बताएपछि यो विषय बाहिर आएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी काजिकुमार आचार्यले गिरीलाई पक्राउ गरी म्याद थपको प्रक्रिया अघि बढाइएको बताए।

आरोपित गिरीले भने आफूले ‘माया गरेर गाला मात्र छोएको’ दाबी गर्दै आरोप अस्वीकार गर्दै आएका थिए। गिरीले गल्ती स्वीकार नगरेपछि आक्रोशित बनेका बालिकाका आफन्त र अभिभावकले बुधबार विद्यालय पुगेर दबाब दिएका थिए। विद्यालयमा अवस्था तनावग्रस्त बनेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। पीडित बालिकाका आफन्तले प्रहरीमा जाहेरी दिइसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *