देशभर बदली: पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव परेको छ। यसको असरले गर्दा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा पनि आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

आज बुधबार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा पूर्ण रूपमा बादल लाग्ने देखिएको छ। महाशाखाका अनुसार ती क्षेत्रका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अन्य केही स्थानमा मध्यम वर्षा हुनेछ। त्यस्तै बागमती, मधेश र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा कोशी प्रदेशको तराईका एक-दुई स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ।

आज राति भने देशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लागे पनि बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात र वर्षा हुनसक्ने महाशाखाले जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *