राप्रपा एक्लै चुनाव लड्छ, गठबन्धन हुँदैन: लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा आफ्नो पार्टीले कुनै पनि राजनीतिक दलसँग चुनावी गठबन्धन वा तालमेल नगर्ने स्पष्ट पारेका छन्। चुनावी अभियानका क्रममा आफ्नो निर्वाचन क्षेत्र झापामा रहेका अध्यक्ष लिङ्देनले राप्रपाको एकमात्र गठबन्धन जनतासँग मात्र हुने बताए।

पछिल्लो समय झापामा नेकपा एमाले लगायतका दलहरूसँग राप्रपाको तालमेल हुन सक्ने चर्चा चलिरहेका बेला उनले त्यसलाई पूर्ण रूपमा अस्वीकार गरे। उनले पार्टीको नीति सुरुदेखि नै स्पष्ट रहेको उल्लेख गर्दै जनताको विश्वास लिएर एक्लै चुनावी मैदानमा उत्रिने दाबी गरे।

अध्यक्ष लिङ्देनले राप्रपाले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको जानकारी दिँदै केही प्राविधिक कारणले उम्मेदवारी फिर्ता लिनुपरेका ठाउँबाहेक अन्य सबै स्थानमा पार्टीको बलियो उपस्थिति रहने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *