बालबालिका प्रयोग गरेको भन्दै हर्क साम्पाङविरुद्ध आयोगमा उजुरी

काठमाडौं। चुनावी प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको आरोपमा सुनसरी–१ का उम्मेदवार एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

धरान नगर बाल सञ्जालले जिल्ला प्रहरी कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा साम्पाङविरुद्ध उजुरी दिएको छ । उजुरीमा बालबालिका ऐन, २०७५ को व्यवस्था विपरीत राजनीतिक उद्देश्यका निम्ति बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रयोग गरिएको उल्लेख छ । सञ्जालले साम्पाङलाई कार्यालयमा उपस्थित गराई छलफल गर्न र आचारसंहिता उल्लंघनमा कारबाही गर्न माग गरेको छ ।

निर्वाचन अधिकृत दिव्यराज घिमिरेले प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा बनेको अध्ययन समितिले यसबारे अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने बताए । बालबालिका ऐन अनुसार आरोप प्रमाणित भएमा उम्मेदवारलाई एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी नै खारेज हुन सक्ने कानुनी व्यवस्था छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *