बालेनकी श्रीमती सविनाको नेतृत्वमा चुनावी घरदैलो

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत दमक-९ मा सोमबार बिहान घरदैलो कार्यक्रम गरेको छ। त्यस क्षेत्रका उम्मेदवार बालेन शाहकी श्रीमती सविना काफ्ले समेत सहभागी यो कार्यक्रममा सर्वसाधारणको उल्लेख्य उपस्थिति देखिएको छ।

सोमबार बिहान ८ बजे दमक-९ स्थित उराव बस्तीबाट सुरु भएको घरदैलो कार्यक्रम पाणिनि स्कुल, देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक हुँदै पुनः उराव बस्तीमै पुगेर समापन गरिएको थियो। करिब तीन घण्टा चलेको यो अभियानका क्रममा रास्वपाका नेताहरूले स्थानीय मतदाताका समस्या र गुनासाहरू प्रत्यक्ष रूपमा सुनेका थिए।

जनताबाट प्राप्त सकारात्मक प्रतिक्रियाले अभियानमा थप उत्साह थपेको रास्वपाको चुनाव प्रचार–प्रसार सचिवालयले बताएको छ। पार्टीले आजै दिउँसो झापा-५ को कमल गाउँपालिका-५ मा पनि अर्को घरदैलो कार्यक्रम गर्दैछ। दिउँसो ३ बजे पाडाजुगी चोकबाट सुरु हुने उक्त कार्यक्रममा मतदाताहरूसँग अन्तरक्रिया गरिने रास्वपाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *