केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको प्रभाव देखिएको छ। यसका कारण सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी तथा हिमाली क्षेत्रमा अहिले बादल लागेको छ भने अन्य ठाउँमा मौसम सामान्यतया सफा छ।
आज शनिबार दिउँसो पहाडी र हिमाली भेगमा बादल लाग्ने देखिन्छ। केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ। गण्डकी र कर्णालीका एकदुई स्थानमा पनि हल्का पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ। राति पनि पहाडी क्षेत्रमा बादल लाग्ने क्रम जारी रहनेछ।
कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात र वर्षा हुने सम्भावना छ।
प्रतिक्रिया
