गगन थापा प्रधानमन्त्रीको उम्मेदवार

काठमाडौँ। नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर आगामी निर्वाचनमा होमिने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै फागुन २१ गतेको निर्वाचनमा जाने निर्णय गरेको हो। उपसभापति विश्वप्रकाश शर्माले बैठकमा राखेको उक्त प्रस्तावलाई अर्की उपसभापति पुष्पा भुसालले समर्थन गरेकी थिइन्। त्यसपछि केन्द्रीय कार्यसमितिले एकमतले सो प्रस्ताव पारित गरेको शर्माले जानकारी दिए।

उम्मेदवार घोषणा गर्दा ५ वटा विशेष मापदण्ड बनाइएको र ती मापदण्डलाई स्वीकार गर्ने गरी थापालाई अघि सारिएको शर्माको भनाइ छ। कांग्रेसले आवधिक निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने नयाँ अभ्यास सुरु गरेको बताइएको छ।

यो निर्णयसँगै कांग्रेस अब सभापति थापाकै नेतृत्वमा चुनावी मैदानमा जाने निश्चित भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *