रास्वपा उम्मेदवार जगदीश खरेललाई निर्वाचन आयोगको स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट दोलखाका प्रतिनिधि सभा उम्मेदवार जगदीश खरेललाई स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता, २०८२ उल्लंघन गरेको आरोपमा आयोगले बिहीबार उनलाई तीन दिनभित्र जवाफ पेस गर्न निर्देशन दिएको हो।
मनोनयन दर्ताका क्रममा आचारसंहिताले तोकेको २५ जनाको सीमाभन्दा बढी मानिस सहभागी गराएको र दलको झण्डा प्रयोग गरेको विषयमा आयोगले प्रश्न उठाएको छ। कानुन अधिकृत मोहनराज जोशीका अनुसार आचारसंहिताको प्रतिकूल हुने गरी जुलुस निकालेको देखिएकाले खरेललाई पत्र काटिएको हो।
आयोगले पठाएको पत्रमा तोकिएको मापदण्ड विपरीत कार्य गरेको भए निर्वाचन कानुन बमोजिम किन कारबाही नगर्ने भनी प्रश्न गरिएको छ। खरेलले अब तीन दिनभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत आयोगमा स्पष्टीकरण बुझाउनुपर्नेछ।
प्रतिक्रिया
