एसईई चैत १९ गतेदेखि
फाइल तस्बिर
काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले परीक्षा चैत १९ देखि सुरु भएर २९ गतेसम्म चल्ने निर्णय गरेको हो।
परीक्षा नियन्त्रक टुकराज अधिकारीले चैत १९ गतेदेखि परीक्षा सञ्चालन गर्ने गरी तालिका तय भएको जानकारी दिए। यसअघिको शैक्षिक क्यालेन्डरअनुसार चैत पहिलो सातादेखि नै परीक्षा सुरु हुनुपर्ने थियो।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका कारण यस वर्षको परीक्षा केही समय ढिलो गरी सुरु हुन लागेको हो। निर्वाचनको तयारी र व्यवस्थापनका कारण परीक्षाको तालिकालाई केही पछि सारिएको नियन्त्रक अधिकारीले बताए।
प्रतिक्रिया
