३,४९० जना चुनावी मैदानमा (हेर्नुहोस् नामावली)
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभरबाट ३ हजार ४९० जनाले प्रतिस्पर्धा गर्ने भएका छन्। निर्वाचन आयोगले बुधबार उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेसँगै चुनावी प्रतिस्पर्धाको टुङ्गो लागेको हो।
मंगलबार देशभरका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक रूपमा मनोनयन दर्ता भएको थियो। आयोगले प्राप्त दाबी विरोध र छानबिनपछि आज उम्मेदवारहरूको सूची प्रकाशित गरेको बताएको छ। अब उम्मेदवारहरूले आफ्नो निर्वाचन चिह्न पाउने र प्रचारप्रसार सुरु गर्ने बाटो खुलेको छ।
उम्मेदवारको विस्तृत विवरण
प्रतिक्रिया
