विराटनगरको कञ्चनबारीमा बसको ठक्करले वृद्धाको मृत्यु

विराटनगर। विराटनगरमा बुधबार दिउँसो बसको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ।  विराटनगर महानगरपालिका-४ कञ्चनबारीमा दिउँसो करिब ३:१५ बजे पैदलयात्रीलाई बसले ठक्कर दिँदा दुर्घटना भएको हो।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश ०३-००१ ख ३३९९ नम्बरको बसले बाटो काट्दै गरेकी विराटनगर-४ की ७५ वर्षीया डम्बरकुमारी नेपाललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि तत्काल कोशी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरे।

प्रहरीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ। दुर्घटनामा संलग्न बस र चालक झापा कनकाई नगरपालिका-३ का ३८ वर्षीय समीर लुइँटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *