एमालेद्वारा देशभर उम्मेदवारी दर्ता: ५४ प्रतिशतभन्दा बढी ‘नयाँ अनुहार’

काठमाडौँ। नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको मनोनयन दर्ता गराएको छ। पार्टीले मंगलबार बेलुका च्यासलस्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै निर्वाचनको तयारी र उम्मेदवार चयनबारे विस्तृत जानकारी दिएको हो।

एमाले प्रचार विभाग प्रमुख मीन बहादुर शाहीका अनुसार पार्टीले यसपटक ५४.५४ प्रतिशत युवा र नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ। नयाँ पुस्ताको भविष्य निर्माणका लागि यो निर्वाचनलाई निर्णायक मोडका रूपमा लिएको एमालेले प्रदेशगत रूपमा नयाँ अनुहारको संख्या यसरी बाँडफाँट गरेको छ:

कर्णाली: ७५ प्रतिशत (सबैभन्दा बढी नयाँ अनुहार)

गण्डकी: ६१.११ प्रतिशत

बागमती: ६० प्रतिशत

कोशी: ५३.५७ प्रतिशत

मधेस र सुदूरपश्चिम: ५०/५० प्रतिशत

लुम्बिनी: ४२.३० प्रतिशत

प्रमुख उम्मेदवारहरू र उनीहरूको क्षेत्र

केपी शर्मा ओली: झापा–५ (अध्यक्ष)

शङ्कर पोखरेल: दाङ–२ (महासचिव)

विष्णु पौडेल: रुपन्देही–२ (उपाध्यक्ष)

गोकर्ण विष्ट: गुल्मी–२ (उपाध्यक्ष)

पृथ्वी सुब्बा गुरुङ: लमजुङ (उपाध्यक्ष)

लेखराज भट्ट: कैलाली (उपमहासचिव)

रघुवीर महासेठ: धनुषा–४ (उपमहासचिव)

राजन भट्टराई: काठमाडौँ–४ (सचिव)

ईश्वर पोखरेल: काठमाडौँ–५ (नेता)

भानुभक्त ढकाल: तेह्रथुम (सचिव)

शेरधन राई: भोजपुर (सचिव)

महेश बस्नेत: भक्तपुर–२ (सचिव)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *