गगन थापाले छोडे काठमाडौँ, सर्लाही-४ बाट चुनाव लड्ने

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्ने भएका छन्। विगत तीन कार्यकालदेखि काठमाडौं क्षेत्र नम्बर ४ बाट निरन्तर चुनाव जित्दै आएका थापा यसपटक मधेश झर्ने निर्णयमा पुगेका हुन्।

संसदीय बोर्डको पछिल्लो छलफल र सभापति थापाको तयारीअनुसार उनी सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने निश्चित भएको छ। काठमाडौं–४ लाई आफ्नो राजनीतिक ‘गढ’ मान्दै आएका थापाले यसपटक मधेशको राजनीतिलाई केन्द्रमा राखेर यो अप्रत्याशित निर्णय लिएका हुन्।

थापाले संविधान सभादेखि नै काठमाडौं–४ बाट प्रतिनिधित्व गर्दै आएका थिए। पार्टी सभापति भएपछि देशभर र विशेषगरी मधेशमा पार्टीको पकड बलियो बनाउन उनले क्षेत्र परिवर्तन गर्न लागेको बुझिएको छ।

मधेशको राजनीतिमा नयाँ तरंग कांग्रेस सभापति नै सर्लाही–४ बाट उम्मेदवार बन्ने खबरले मधेशको राजनीतिमा नयाँ तरंग पैदा गरेको छ। यसअघि यो क्षेत्रमा अन्य दल र स्वतन्त्र उम्मेदवारहरूको बलियो उपस्थिति रहँदै आएकोमा थापाको आगमनले चुनावी प्रतिस्पर्धालाई थप ‘हाइप्रोफाइल’ बनाइदिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *