मोरङको बुढिगंगामा मोटरसाइकल दुर्घटना: २ जनाको मृत्यु
विराटनगर। मोरङको बुढिगंगा गाउँपालिका-४ स्थित स्वास्तिक जुट मिल अगाडि आइतबार साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ। तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।
दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी, दुहबी नगरपालिका-५ का ३१ वर्षीय प्रकाश साह र पछाडि सवार विराटनगर महानगरपालिका-१५
प्रदेश १–०२–०४९ प ९२२३ नम्बरको मोटरसाइकल दुर्घटना भएलगत्तै दुवै घाइतेलाई उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो। टाउको र अनुहारमा गम्भीर चोट लागेका उनीहरूलाई अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानले मोटरसाइकलको गति बढी भएका कारण दुर्घटना भएको देखाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
